वोस्टन(संयुक्त राज्य अमेरिका), ३ आषाढ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको छ ।
एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४(१ गोलअन्तरले पराजित गरेको हो ।
नर्वेको जितमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो । इराकका आयमन हुसेनले एक गोल गरे ।








