Prakash Adhikari June 17, 2026

कान्सास(संयुक्त राज्य अमेरिका), ३ आषाढ । अमेरिकाको कान्सास सिटी रंगशालामा आज बिहान भएको खेलमा अर्जेन्टिनाका चर्चित खेलाडी लियोनल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका छन् । यो ह्याट्रिक संगै अर्जेन्टिनाले अल्जेरियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा गरेको यो नै पहिलो ह्याट्रिक हो। उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरेका थिए ।

छैठौ पटक विश्वकप खेलेका ामेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकप बाहेक पाँच विश्वकपमा गोल गरेका छन् ।

चार वर्षअघि कतारमा मेसीले आप्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेसीले कीर्तिमानी २७ औं खेल खेलेका छन् ।

Share Now