Prakash Adhikari September 26, 2018

 

काठमाडौं, १० असोज । नेपाल वायुुसेवा निगममा मदन खरेल आएपछि नयाँ चमत्कार भएको छ । पाइटल अभाव र प्राविधिक समस्या देखाउदै निगमको ह्यांगर र त्रिभुवन अन्तराष्टिय विमानस्थलको आन्तरिक तर्फको पार्किड.मा थन्किएका वाई १२ विमानहरु भटाभट दुर्गम हिमाली  र पहाडका विकट स्थानका विमानस्थलमा टेष्ट परीक्षणमा सफल अवतरण हुन थालेका छन् ।

 

Image result for 9N AKU

निगमको उच्च स्रोतले दिएको जानकारी अनुसार सोमवार निगमको नाइन एन एकेयू कल साइनको मैना नामक वाई १२ जहाज रामेछापको मन्थलीस्थित विमानस्थलमा अवतरण गर्यो ।

सोही विमान मंगलबार सगरमाथाको काखमा अवस्थित लुक्ला विमानस्थलमा सफलतापूर्वक अवतरण गरेर फर्कियो ।

विमानलाई निगमका अनुभवी चालकद्धय उद्धव घिमिरे र आड.नुरी शेर्पाले उडाउनु भएको थियो ।

बुधबार चालकद्धय घिमिरे र शेर्पाले नेपालगञ्जबाट डोल्पाको जुफाल,हुम्लाको सिमिकोट,राराको ताल्चा र जुम्ला एअरपोर्टमा सफलतापूर्वक अवतरण गराई त्यहाँबाट सफलतापूर्वक उडान पनि भर्नुभयो ।

अनुभवी चालकद्धय घिमिरे र शेर्पाको जोडी बुधबार अपरान्ह बाई १२ विमान लिएर पोखरा उत्रेको छ । पोखराबाट क्याप्टेन घिमिरेले दिनुभएको जानकारी अनुसार मौसम सफा रहेमा चालक द्धयले यो विमानलाई मुस्ताड.को जोमसोम एअरपोर्टमा अवतरण गर्ने र त्यहाँबाट उडान भर्ने योजना रहेको छ ।

नेपाल सरकारले चीन सरकारसंग गरेको संझौता अनुसार ल्याइएका चीन निर्मित जहाजहरु लामो समयदेखि पाइलटको अभाव देखाउदै एअरपोर्टमै थन्क्याएर राखिएको थियो ।

यी मध्ये दुई जहाज ३ नोभेम्बर २०१४ मा आईपुगेका थिए भने दुई जहाज १३ फेब्रअरी २०१८ मा आईपुगेका थिए ।

चीनको हर्विन एअरक्राफ्ट गुपबाट निर्मित यी जहाजहरुले अगष्ट २, २००६ मा अमेरिकाको फेडरल एभिएशन एड्भिनिष्टेशनले प्रमाणिकरण गरेको थियो ।

निगमको पुरानो व्यवस्थापनले यी जहाजहरु निजी कम्पनीहरुलाई भाडामा दिएर ६ अर्बको लागतमा ६ वटा ट्वीनओटर विमान खरिद गर्ने योजना बनाएको थियो ।

आन्तरिकतर्फका यी चारवटा वाई १२ सहित चीनबाटै ल्याइएको ६० सीटयुक्त एम ए ६० उडान सञ्चालन गर्ने भनेर निगमको पुरानो व्यवस्थापनले कामु महाप्रबन्धकबाट पहिल्यै अवकाश पाईसक्ुभएका राजु के.सीलाई नायब महाप्रबन्धकको रुपमा ल्याएको थियो । तर उहाँले यी जहाजको उडान योजना बनाएर कार्यान्वयन गर्न सक्नुभएको थिएन् । जबकी पर्यटनमन्त्री रविन्द्र अधिकारीले जहाज आएको करिब डेढ महिनापछि जहाज हस्तान्तरणका लागि एअरपोर्टमा आयोजित कार्यक्रममा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई १०० दिनभित्रै सबै जहाज उडाउन निर्देशन दिनुभएको थियो ।

खरेलको आगमनसंगै चीनबाट ल्याइएका जहाज उडेका मात्र छैनन् भएका नयाँ विमानमा खोट देखाउदै भाडामा दिएर नयाँ विमान खरिद गरी कमिशन खानखोज्ने हवाईमाफियाहरुको षड्यन्त्रको पनि पर्दाफास भएको छ ।

Share Now

Leave a comment.