Prakash Adhikari June 19, 2026

काठमाडौं, ५ आषाढ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको बार्षिक आयब्यय विवरण पारित गर्नुका साथै ७ जना सञ्चालक चयन गरेको छ ।

काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेटमा सम्पन्न साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधवराज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंकप्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठ निर्वाचित हुनुभएको छ । सर्वसाधारण शेयरधनीको तर्फबाट श्रीमती जेलिना श्रेष्ठ निर्वाचित हुनु भएको छ भने साधारण सभाले स्वतन्त्र संचालकमा श्रीमती रीतागौतमलाई मनोनयन गरेको छ ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो ।

Share Now