बर्न(स्वीट्जरल्याण्ड), ८ आषाढ । गत बिहिवार अमेरिका र इरानबीच भएको १४ बुँदे सहमति कार्यान्वयन गर्ने सम्बन्धमा स्वीजरल्याण्डको बर्नमा भएको लेक लुसन समिटमा सोचे अनुसारको प्रगति भएको बताइएको छ ।
अमेरिकी सामाजिक सञ्जालमा आएका विवरण अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भर्खरै इरानसँगको पहिलो वार्ताको नेतृत्व सम्पन्न गर्नुभएको छ, जुन उत्पादक रहेको छ । कतार र पाकिस्तानको मध्यस्थतामा भइरहेको यो वार्ता अन्तिम सम्झौतातर्फ अगाडि बढ्ने क्रममा रहेको छ।
वार्तामा इरान १४ बुँदे सहमतिबाट पछि हट्छ कि भन्ने आशंका व्याप्त थियो । सहमति पछि पनि इजरायलले लेबनानमा हजबुल्लाहको प्रभाव क्षेत्रमा निरन्तर आक्रमण जारी राखेकोमा इरानले असन्तुष्टि राख्दै आएको थियो । तर इरान पनि १४ बुँदे सहमतिमा अडिग रहेको देखिएको छ । ऊ पछि हटेन।
इरान र अमेरिका आणविक अनुसन्धान, विकास र विस्तारको प्रतिबन्ध, वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय, साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।
इरान र अमेरिकाबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिबन्ध तथा अन्य द्विपक्षीय चासोका विषयमा वार्ता हुन लागेको हो ।सहित एमओयूमा समाहित १४ बुँदाको कार्यान्वयनमा समन्वय गर्न सहमत भएका छन्।
वार्तामा अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व उपराष्ट्रपति जेडीभान्स, राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका सल्लाहकार जारेद कुशनरले प्रतिनिधित्व गरिरहनुभएको छ ।
इरानका तर्फबाट संसदका सभामुख मोहम्मद बगर गालिबाफ, विदेशमन्त्री अब्बास अराग्ची सहितको इरानी प्रतिनिधिमण्डल प्रत्यक्ष वार्तामा सहभागी भएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर मध्यस्थकर्ताको रुपमा वार्तामा रहनुभएको छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी पनि मध्यस्थकर्ताको रुपमा सहभागी हुनुहुन्छ । वार्तामा स्विजरल्याण्डका विदेश मन्त्री इग्नाजियो कासिसले पनि कुटनीतिक छलफलमा सहभागिता जनाउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताको संघारमा इरानलाई कडा चेतावनी दिनुभएको थियो । सहमति र वार्ताबाट पछाडि हटेको खण्डमा अनुमान गर्न नसकिने परिस्थितिको सामना गर्नुपर्ने धम्कीहरू आएपछि इरानले फेरि गम्भीर भएको महसुस गरेको देखिन्छ । आइतवारको पहिलो चरणको वार्ता सोमवार पनि वार्तामा बस्ने गरी टुंगिएको छ । मध्यस्थकर्ताहरूको एक विज्ञप्ति अनुसार, अर्को ६० दिने रोडम्यापमा सहमति भएको छ।
बृहत् संझौता हुन सक्छःउपराष्ट्रपति भान्स
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्ताबाट बृहत् सम्झौता हुन सक्ने बताउनुभएको छ। उहाँले इरानमाथि क्षेत्रमा अस्थिरता निम्त्याउने गरेको आरोप लगाउनुभयो तर पनि वार्ताबाट राम्रो परिणाम आउने आशा व्यक्त गर्नुभएको छ ।
उहाँले स्विट्जरल्याण्डमा इरानसँगको वार्तामा काफी प्रगति भएको बताउनुभएको छ। “वार्तामार्फत शान्ति सम्झौता हुन सक्छ र क्षेत्रीय स्थिरताको बाटो खुल्न सक्छ,” उहाँले भन्नुभयो ।
अमेरिका र इरानका प्रतिनिधिमण्डलले आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टाकमा वार्ता गरेका हुन् । वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स मुख्य वार्ताकार रहनुभएको छ ।
उहाँले भन्नुभयो, “राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डललाई विभिन्न मुद्दाहरूको कूटनीतिक समाधान निकाल्ने अधिकार दिनुभएको छ ।
उहाँले भन्नुभयो, “हाम्रो सामु हामी पश्चिम एशियामा सम्बन्धहरूलाई सदाका लागि बदल्न सक्ने अवसर रहेको छ । हामी विश्वस्त छौँ । वार्ता प्रयासले सार्थकता पाएमा यो सम्भव छ।”
स्विट्जरल्याण्डको लुसर्न नजिकैको बर्गेनस्टाक रिसोर्टमा आइतबार अमेरिकी र इरानी वार्ताकारहरू प्राविधिक छलफलका लागि बसेका थिए। यस क्रममा जेडी भान्सले भन्नुभयो, “राष्ट्रपति ट्रम्प पूरै क्षेत्रमा युद्धविराम गराउन प्रतिबद्ध हुनुहुन्छ ।”
“उहाँले हामीलाई धेरै मुद्दाहरूको कूटनीतिक समाधान खोज्ने अधिकार दिनुभएको छ । उहाँले टोलीलाई इरानी जनतासँग वाशिङ्गटनको सम्बन्धमा नयाँ सुरुवात गर्न निर्देशन दिनुभएको छ।”
भान्सले थप्नुभयो, “यो वार्ता दुवै देशको कूटनीतिक इतिहासमा एउटा अभूतपूर्व क्षण हो। प्राविधिक छलफलले सायद सबै मतभेदहरू हल नहोलान्, तर यसले हामीलाई इतिहासमा पहिलो पटक वार्ता टोलीको रूपमा प्रत्यक्ष वार्ता गर्ने मौका दिएको छ । हामी कूटनीतिमार्फत मध्यपूर्वमा परिवर्तन ल्याउने प्रयास गरिरहेका छौँ।”
यसैबीच, आइतबार बसेको बैठकले छलफलका बिषयहरूलाई साझा गरेको छ र सोमबार पुनः अर्को बैठक बस्नेगरी स्थगित भएको छ।