Prakash Adhikari June 23, 2026

 

काठमाडौं, ९ असार । फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको खेलमा प्रतिस्पर्धी इराकलाई ३ ० गोल अन्तरले पराजित गर्दै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको हो ।

समूह आईमा रहेको फ्रान्सको यो दोस्रो जित हो ।

यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो ।

आजको खेलमा १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

 

पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

 

उस्मान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । खेलमा इराकविरुद्ध फ्रान्स हाबी बन्यो ।

समूहमा फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नर्वे एक खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा छ । सेनेगल र इराक अंकविहीन छन् ।

Share Now