काठमाठौँ, ११ असारः हाइटीलाई पराजित गर्दै मोरक्को फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
७ अङ्क रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । एटलान्टा स्टेडियममा आजै भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।








