Prakash Adhikari July 2, 2026

काठमाडौं, १८ आषाढ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय ८० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार सुन तोलामा २ लाख ७७ हजार ३ सय रुपैयाँ किनबेच भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी तोलामा ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

Share Now