Prakash Adhikari July 7, 2026

 

काठमाडौं, २३ आषाढ। नेपाल प्रिमियर लिग(एनपीएल) २०२६ को मिनी अक्सन सोमवार साँझ सम्पन्न भएको छ । विकेटकिपर ब्याटर आसिफ शेख मिनी अक्सनमा सबैभन्दा महँगो खेलाडी बनेका छन्।

उनलाई साबिक विजेता लुम्बिनी लायन्सले २० लाख रुपैयाँमा भित्राएको हो।

दोस्रो उच्च मूल्यमा रुपेशकुमार सिंह र बिबेककुमार यादव समान १५ लाख रुपैयाँमा क्रमशः विराटनगर किङ्स र चितवन राइनोजमा आबद्ध भए। त्रितराज दास र अर्जुन घर्ती क्षेत्री पनि १५ लाख रुपैयाँमै जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्समा अनुबन्ध भए।

यस्तै, किशोर महतोलाई लुम्बिनी लायन्स, शुभ हंसाकारलाई कर्णाली याक्स तथा दिपक बोहरालाई सुदूरपश्चिम रोयल्सले समान १० लाख रुपैयाँमा अनुबन्ध गरेका छन्।

विराटनगर किङ्स

रुपेशकुमार सिंह – १५ लाख

सुजन थपलिया – ४।२५ लाख

नरेन साउद – ५ लाख

दिलसाद अली – ५ लाख

चितवन राइनोज

बिबेककुमार यादव – १५ लाख

मौसम ढकाल – ३ लाख

अशोक धामी, बिपिन रावल, गौतम केसी र सलाउद्दिन खान – २–२ लाख

जनकपुर बोल्ट्स

त्रितराज दास – १५ लाख

ऋत गौतम – ४.२५ लाख

अभिषेक तिवारी, विशालकुमार पटेल र अमरसिंह रौटेला – ५–५ लाख

कर्णाली याक्स

शुभ कंसाकार – १० लाख

विपिनप्रसाद शर्मा – ५ लाख

दिपेन्द्र रावत – ५ लाख

सूर्य तामाङ, सचिन शर्मा र दिवान पुन – २–२ लाख

काठमाडौं गोर्खाज

प्रशिद्ध जैशी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह र सूर्यांशु कोइराला – २–२ लाख

साहिल पटेल – ५ लाख

लुम्बिनी लायन्स

आसिफ शेख – २० लाख

किशोर महतो – १० लाख

दुर्गेश गुप्ता र आकाश त्रिपाठी – ५–५ लाख

अरनिकोप्रसाद यादव र अजय चौहान – २–२ लाख

पोखरा एभेन्जर्स

अर्जुन घर्ती क्षेत्री – १५ लाख

बिबेक रानामगर – २.७५ लाख

सुदीप अर्याल – ३ लाख

सन्नी बिके, प्रतिक पोखरेल र बिपिन आचार्य – २–२ लाख

सुदूरपश्चिम रोयल्स

दिपक बोहरा – १० लाख

अनिल खरेल – ५ लाख

मिलन बोहरा – ५ लाख

सचिन भट्टा, आयुब चन्द र टेक रावत – २–२ लाख

लुम्बिनी लायन्सले सबैभन्दा धेरै ४४ लाख रुपैयाँ खर्च गरेको छ। जनकपुर बोल्ट्सले ४१.२५ लाख र विराटनगर किङ्सले ३५.२५ लाख रुपैयाँ खर्च गरेका छन्।

Share Now