Prakash Adhikari October 1, 2018

ढाका(बंगलादेश), १६ असोज । १९ युथ एसिया कप अन्तर्गत नेपालले समुह चरणको अन्तिम खेलमा मंगलबार युनाइटेड अरब इमिरेट्ससंग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र युएई दुवै टिमले खेलेको २ वटै खेलमा हार बेहोरीसकेको छ र सेमीफाइनल पुग्ने सम्भावना सकिइसकेको छ। नेपालले भारतसंग १ सय ७२ रनले तथा अफगानिस्तानसंग ३ विकेटले पराजय ब्यहोरिसकेको छ ।
यूएई पनि अफगानिस्तानसंग ५ विकेट तथा भारतसंग २ सय २७ रनले पराजय बेहोरेको थियो भने

दुवै टिम आत्मसम्मानको लागि खेल्दैछन र खेल मंगलबार बिहान नेपाली समय अनुसार ८ः४५ बजे बिहान सुरु हुनेछ।

पछिल्लो भेट

युएई यु १९ टिमसंग नेपालले अन्तिम पटक सन् २०१५ एसीसी प्रिमियर लिगमा भएको थियो । सो खेलमा नेपालले १ सय ४९ रनको बिशाल अन्तरको जित निकालेको थियो।

मलेसियामा भएको खेलमा पहिले ब्याटिंग गर्दै नेपालले १ सय ९९ रन बनाएको थियो जसको जवाफमा युएई ५० रनमै समेटिएको थियो। नेपालको जितमा बलिङ्गतर्फ सुशील कंडेलले सर्वाधिक ४ तथा सुनिल धमलाले ३ विकेट लिएका थिए भने ब्याटिंगमा राजु रिजालले ६२ रन बनाएका थिए।

सन् २०१३ को एसीसी यु-१९ को सेमीफाइनलमा नेपाल मलेसिया संग पराजित भए यता नेपालले युएई यु-१९ संग खेलेको ( २०१४ र २०१९ एसीसी यु-१९ ) मा सजिलै जित निकालेको छ।

Share Now

Leave a comment.