Prakash Adhikari July 12, 2026

क्वाललम्पुर(मलेसिया), २८ आषाढ । मलेसियाको राजधानी क्वाललम्पुरमा भइरहेको एसीसी यु १० महिला प्रिमियर कपमा नेपालले दोस्रो खेलमा पनि शानदार प्रदर्शन गरेको छ ।

आज सम्पन्न खेलमा नेपालले प्रतिस्पर्धी सिंगापुरलाई १ सय ५१ रनको विशाल अन्तरले पराजित गरेको हो ।
खेलमा नेपाली महिला टिमले टस जितेर पहिले ब्याटिड. गरेको नेपालले सिंगापुरलाई २०० रनको लक्ष्य दिएको थियो ।

२०० रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा जम्मा ४८ रनमात्र जोड्न सक्यो ।

सिंगापुरको लागि अकिता बर्षाराजले १९, ध्वनी प्रकाशले ८, अनुष्का तमोर र लास्या अमुथा रेड्डीले ४।४, पुष्पा मुरली र रोमा रावलले १ रनको योगदान दिए । सिंगापुरले ४ लेगवाई, ६ वाइड र १ वाईबाट अतिरिक्त ११ रन जोडेको थियो ।

सिंगापुरलाई रोक्ने क्रममा नेपालका अनु कडायतले ३, मनिषा उपाध्याय र रिया शर्माले २।२ तथा सोनु पाख्रिनले १ विकेट लिएका थिए ।

यस अगाडि टस जिटेर ब्याटिड. रोजेको नेपालले २० ओभरको खेलमा कुनै विकेट नगुमाई १ सय ०० रनको योगफल तयार पारेको थियो । नेपालका लागि साना प्रवीण र सावित्री धामीले उत्कृष्ट ब्याटिड. गरे ।

ओपनरद्वय साना र सावित्रीले पहिलो विकेटको लागि अविजित १ सय ९९ रनको साझेदारी गरे। नेपालले २० ओभरमा कुनै पनि विकेट नगुमाई नेपालले १ सय ९९ रनको सानदार पारी खेल्यो।

साना र सावित्री दुवैले अर्धशतक बनाए। साना शतकबाट २ रनले मात्र पछि रहिन्।

सानाले ७० बल खेल्दै १३ चौका सहित अविजित ९८ रनको प्रदर्शन गरिन्। सावित्रीले ५३ बल खेल्दै १३ चौका प्रहार गर्दै अविजित ७८ रन जोडिन्।

दुई खेलाडीले चौकाबाट मात्र १ सय ४ रन बनाए। सावित्रीको भने यो लगातार दोस्रो अर्धशतक हो। हिजो पनि उनले कतार विरूद्ध ५२ रन बनाएकी थिइन्।

हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई २५ रनमा रोक्दै १ सय ५ रनको फराकिलो जित हात पारेको थियो।

Share Now