Prakash Adhikari July 12, 2026

काठमाडौँ, २८ आषाढ । राहदानी छपाइ प्रकरणमा देखिएका अनियमितताका विषयमा छलफल गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक आह्वान भएको छ ।

समिति सभापति भरतबहादुर खड्काले मंगलबार बिहान ९ बजेका लागि राहदानी छपाइ प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

उहाँले राहदानी छपाइबारे जानकारी लिन परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूलाई बैठकमा बोलाइएको बताउनुभयो।

राहदानी खरिद प्रक्रियामा १० अर्ब १३ करोड रुपैयाँ बराबरको विवाद छ । यस विषयबारे समितिमा कुरा उठेको र उजुरी पनि परेकाले छलफलका लागि बैठक आह्वान भएको खड्काले बताउनुभयो ।

असार २३ गते बसेको समिति बैठकमा राहदानी छपाइ प्रक्रियामा भएको भ्रष्टाचार र अनियमितताको विषय उठेको थियो ।

Share Now