काठमाडौं, ३२ आषाढ । सन सेक्युरिटिज प्रा.लि.ले काठमाण्डौ बाहिर तथा नेपाल बाहिर बसेर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्ताहरुलाई लक्षित गरी १० दिनको शेयर तालिम सञ्चालन गर्ने भएको छ ।
गुगल मिटिड.को भर्चुअल माध्यमबाट सञ्चालन गरिने यस तालिममा शेयर बजारको आधारभूत विश्लेषण, संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजर्सहरुले शेयर छनौट गर्ने विधि, लगानीमा लिभरेज (मार्जिन कारोबार आउँदै गरेको सम्बन्धमा) को प्रयोग तथा जोखिम व्यवस्थापन, नेपालमा लगानीका लागि उपलब्ध वित्तिय साधनहरु,भ्यालु इन्भेष्टिङ्ग र मल्टि–बैगर्स शेयर पत्ता लगाउने तरिका (लगानी अनुभवसहित),लगानीमा आर्टिफिसियल इन्टिेलिजेन्स (एआई)को प्रयोग, प्राविधिक विश्लेषण (क्याण्डल, प्याटर्न, चार्ट, ट्रेण्ड र विभिन्न इण्डिकेटरहरु सहित)जस्ता विषयहरु समेटिएको कार्यक्रम संयोजक विवेक अधिकारीले जानकारी दिनुभएको छ ।
सहभागीहरुलाई शेयर बजारबाट लाभ लिन उत्प्रेरित गर्नका लागि तालिम अवधिमा वर्तमान परिवेशमा लगानीकर्ताहरुले कस्तो रणनीति अख्तियार गर्ने भन्ने विषयमा केन्द्रित रही प्यानेल डिस्कसन पनि गरिने भएको छ । प्यानेल डिस्कसनमा अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्त रहनुहुने तालिम संयोजक दिनेशराज पन्तले जानकारी दिनुभएको छ ।
तालिम कार्यक्रम हरेक दिन साँझ ७ः३० देखि ९ः०० बजेसम्म गुगल मिट प्लेटफर्मबाट अनलाइन सञ्चालन हुनेछ ।








