Prakash Adhikari July 22, 2026

काठमाडौँ, ६ साउनः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु ५  हजार ४ सय र चाँदी रु १ सय १० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु  २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४  हजार ४ सय ८० निर्धारण भएको छ ।

हिजो प्रतितोला छापावाल सुनको मूल्य रु २ लाख ८५ हजार ६ सय र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ३ सय ७० निर्धारण भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १ सय ३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share Now