विराटनगरमा प्रथम प्रदेशस्तरीय पूँजी बजार प्रदर्शनी आरम्भ, धितोपत्र बोर्डले प्रादेशिक कार्यालय खोल्ने
विराटनगर(मोरड.), १९ असोज।विश्व लगानीकर्ता सप्ताहका अवसरमा विराटनगरमा पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी शुरु भएको छ ।
नेपाल धितोपत्र बोर्डको आयोजनामा सुरु भएको दुई दिने प्रदर्शनीको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राईले प्रदेशमा बन्ने औद्योगिक प्रतिष्ठान र ठूला जलविद्युत् योजनामा सर्वसाधारणलाई प्रतिफल दिने गरी शेयर स्वामित्व दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।उहाँले , नगरपालिका र महानगरपालिका र शहरुहरुले ऋणपत्र जारी गरेर ेशमआफ्ना विकासका कामहरु सम्पन्न गर्न सक्ने भएकोले प्रदेश स्तरमा पनि यस कार्यलाई सहज ढंगले सफलतापूर्वक सम्पन्न गराउन धितोपत्र बोर्ड र धितोपत्र बजार संयन्त्र विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले धितोपत्र बजारलाई पूँजी परिचालनका लागि शक्तिशाली माध्यमका रूपमा विकास र विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।‘
आर्थिक विकासर्ला केन्द्रविन्दुमा राखेर सरकारले काम थालेको छ’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘ ‘केही समयमै प्रदेश–प्रदेशमा समृद्धिको प्रतिस्पर्धा सुरु हुनेछ ।’
उहाँले संविधानले निर्देशित र कामको बाँडफाँट गरे अनुरुप संघ,प्रदेश र स्थानीय तहका बीचमा आवसी समझदारी,समन्वय र सहकार्यमा काम भैरहेको र हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले ‘एक नेपाली एक डिम्याट खाता अभियान’को सुरुआत गर्नुभो । उहाँले राजाराम प्रधान र विमला भट्टराईलाई डिम्याट खाता नम्नर प्रदान गर्दै सो अभियानको सुरुआत गर्नुभएको थियो ।आङ्बोले आर्थिक विकासको मेरुदण्ड र मुख्य सूचकका रूपमा रहेको पूँजी बजारमा सर्वसाधारणको सहभागिता गराउन गाउँगाउँमा बजार विस्तारको आवश्यकता रहेको बताउनुभयो ।
‘तपाईहरू बजार विस्तार गर्नूस्’, मन्त्रीको आह्वान थियो, ‘प्रदेश सरकारले कस्तो सहयोग गर्नुपर्छ, सधैँ तयार छ ।’
प्रदर्शनीको समुद्घाटन समारोहमा ’नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले गाउँमा स्टक ब्रोकर जान चाहेको बता्घाउँदै प्रादेशिक सरकारले वातावरण बनाउन आग्रह गर्दै गाउँगाउँमा पूँजी बजारको विस्तार गरेर प्रदेश नम्बर १ कारोबारमा पनि अग्रणी बन्न सुझाब दिनुभयो।
कार्यक्रममा सिडिएसीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले अब हरेक नेपालीको डिम्याट खाता खोलेर सबैलाई पूँजी बजार प्रवेश गर्न उत्प्रेरित गरिने बताउनुभयो ।
नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शेयर बजार पूर्णतः अनलाइन प्रणालीमा गइरहेको उल्लेख गर्दै सेवाग्राही पनि प्रविधिमैत्री बन्न आग्रह गर्नुभयो ।उहाँलेले सेवाग्राही मक ट्रेडिङमा अभ्यस्त भएपछि शेयर कारोबार पनि पूर्णतः अनलाइनमा जाने विश्वास प्रकट गरे ।
्उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बोर्डले अब स्थानीय स्तरबाट जारी गरिने शेयरको पनि नियमन गर्ने बताउनुभयो । उहाँले हालैका बर्षहरुमा धितोपत्र बजारको विकास,विस्तार र नियमनका साथै लागनीकर्ताको हक हित संक्षरणमा भएको कामहरुको चर्चा गर्नुभयो । उहाँले सेयरबजारमा देखिएका विकृतिहरु हटाउने सफलता पाएको उल्लेख गर्दै शेयरको न्यायपूर्ण वितरणको लागि आवेदकहरुलाई १० कित्ता शेयर प्राप्त गर्न सक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले शेयरको दोस्रो बजारलाई देशव्यापी बनाउन बोर्ड सक्रिय रहेको पनि बताउनुभयो ।
बोर्डका अध्यक्ष डा.कार्कीले बोर्डले प्रदेशस्तरीय कार्यालय छिट्टै स्थापना गर्ने घोषणा गर्नुभयो ।
कार्कीले बोर्डकै पहल कदमीलाई साथ दिदैं धितोपत्रको दोस्रो बजारलाई विकास र विस्तार गर्ने अभिप्रायले नेपाल राष्ट बैंकले बैंक तथा वित्तीय संस्था पनि शेयर बजारको ब्रोकर बन्न सक्ने व्यवस्था सहितको नीति मौद्रिक नीतिमा समावेश गरेको पनि उहाँले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन गरिने पूँजी बजार प्रदर्शनीमा १२० स्टलहरू छन् । जसमा ब्रोकरका ५०, मर्चेन्ट बैङ्करका २५ र क्रेडिट रेटिङका २ स्टल छन् ।
प्रदर्शनीमा डिम्याट खाता निःशुल्क खोलिदिने कार्यक्रम सञ्चालित छ ।
प्रदेश नं १ को आर्थिक मामिला मन्त्रालयका सल्लाहकार प्रा. प्रमोद कुमार झाको अध्यक्षतामा भएको प्रथम प्रदेश स्तरीय मा पूँजीबजार प्रदर्शनीको उद्घाटन समारोहलाई मोरड.व्यापार संघका पवनकुमार शारदा, मोरड. उद्योग संघका भीमप्रसाद घिमिरे, नेपाल राष्ट बैंक विराटनगरका प्रमुख विनोद आचार्य र मोरड.का प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि संबोधन गर्नुभएको थियो ।
शुक्रबार अपरान्ह नेपालको पूजीका विषय बस्तुलाई संबोधन गर्ने गरी गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा धितोपत्र बजार,वास्तविक क्षेत्र,वित्तीय परिचालन र आर्थिक विकाससम्बन्धी एक र अर्को क्यापिटल मार्केट एण्ड रियल सेक्टर फाइनान्सिड. विषयका कार्यपत्र प्रस्तुत गरी टिप्पणी सहित छलफल गराइएको थियो ।
प्रदर्शनी शनिवारसम्म चल्ने छ ।