क्वाललम्पुर(मलेसिया), २१ असोज । एशिया सवरिजन छनोट प्रिितयोगितामा नेपालले लगातर तेस्रो जीत हासिल गरेको छ ।
टि ट्वान्टी विश्वकपको एशीया उप क्षेत्रीय छनौटमा आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलार्इ डकवर्थ एण्ड लुइसको नियमका आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गर्यो ।
मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ७२ रन बनाएको छ ।
तुलनात्मक रुपमा कमजोर मानिएको थाइल्यान्ड विरुद्ध माथिल्लो क्रमका नेपालका ब्याट्सम्यानले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । नेपालका कुनैपनि खेलाडीले अर्धशतक प्रहार गर्न सकेनन् ।
नेपालले उत्कृष्ट सुरुवात गरेपनि त्यसलाइ निरन्त्रता दिन सकेन् । दुइ दशमलब तीन ओभरमा २८ रन जोडेको नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाइ गुमाएको थियो । नेपालको पारीमा करण केसीले अविजित ४०, शरद भेषावकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भन्डारीले १५ रन बनाए ।
कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल भने सस्तैमा मैदानबाटबाहिर फर्किए । ज्ञानेन्द्रले सात र पारसले ५ रन जोडे । आरिफ शेख आठ रनमा मैदान बाहिरिए । नेपालले १ सय २८ रनमा सात विकेट गुमाएको थियो । तर करण र सोमपाल कामीले आठौं विकेटका लागि ४४ रनको साझेदारी गरे । करणले आक्रमक ब्याटिङ गर्दै केवल १४ वलमा ४४ रनको योगदान दिए । दुइ चौका र चार छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा लगातार तीन छक्का हिर्काएका थिए । सोमपाल ४ रनमा अविजीत रहे ।
वलिङ तर्फ पायुपुथ सङनार्डले चार विकेट लिए ।
जवाफमा थाइल्यान्ड ८ ओभर ५ बलमा १८ रनको अवस्थामा भारी बर्षा भएपछि खेल संभव भएन ।
थाइल्याण्ड विरुद्ध नेपालका संदिप लामिछानेले ५ विकेट लिएपछि थाइल्यान्डको पारी ध्वस्त बनेको थियो । जारी प्रतियोगितामा सन्दिपले लगातार दुई खेलमा ५ विकेट लिएका हुन । उनले यसअघि मलेसिया विरुद्ध पनि ५ र म्यानमारका विरुद्धको खेलमा ४ विकेट लिएका थिए ।प्रतियोगितामा उनको कुल १४ विकेट पुगेको छ ।
पहिलो ओभर देखि नै विकेट गुमाउन सुरु गरेको थाइल्याण्डको पारीलाई नेपाली बलरले पनि ध्वस्त पारे । थाइल्याण्डका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । करण केसीले तीन र ललित राजवंशीले एक विकेट लिए ।
नेपाल जारी प्रतियोगितामा अपराजित छ । आफ्नो पहिलो खेलमा म्यानमारलाइ आठ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसिया माथि पनि आठ विकेटकै जीत हात पारेको थियो ।