Prakash Adhikari August 10, 2026

 

काठमाडौं, २५ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “रिलायबल सामूहिक लगानीकोष” अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०८३ साल साउन २२ गते सूचीकृत भएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको उक्त योजनाको इकाइहरूको अन्तिम बाँडफाँट २०८३ साल असार ४ गते सम्पन्न भएको थियो । कुल १२ करोड ५० लाख इकाइ रहेको यस बन्दमुखी सामूहिक लगानी कोषको प्रति इकाइ अंकित मूल्य रु. १० तथा कुल कोष आकार रु. १ अर्ब २५ करोड रहेको छ। योजनाको अवधि १० वर्ष रहनेछ।

योजनाका इकाइहरू २०८३ साल साउन २२ गते नेप्सेमा सूचीकृत भएका हुन् भने दोस्रो बजारमा कारोबार २०८३ साल साउन २५ गतेदेखि सुरु हुनेछ ।

रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि तथा सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको छ ।

Share Now