काठमाडौं, २४ गते । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सन्राइज क्यापिटल र लक्ष्मी सन्राइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरुका लागि पुँजी बजार साक्षरता तथा डिजिटल बैंकिङ्ग सुरक्षा र चुनौती सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा, अहोरात्र खटिने ट्राफिक प्रहरीको दीर्घकालिन आर्थिक सुरक्षाका लागि धितोपत्र वजारका सम्यन्त्रहरु, लगानी गर्ने तरीका, फाइदाहरु, चुनौतीहरु लगायत सुरक्षित डिजिटल वित्तिय कारोवारका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइयो । वक्ताहरुले सडक अनुशासन जस्तै वित्तीय अनुशासन पनि अपरिहार्य हुने उल्लेख गर्दै महिनाको सानो वचतबाट नै सुरक्षित लगानी शुरु गर्न सकिने बताउनुभयो ।
वचतका साथै लगानी गर्ने बानी बसालौं र समृद्ध भविश्य निर्माण गरौं भन्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको यस कार्यक्रमले हरेक सहभागिहरुमा लगानी गर्ने बानी प्रति सकारात्मक सोचको विकास गर्न प्रेरित गरिएको थियो ।
समारोहमा वरिष्ठ ट्राफिक प्रहरी अधिकृतज्युहरु, आयोजक संस्थाका पदाधिकारी तथा उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको सहभागिता रहेको थियो ।








