Prakash Adhikari August 13, 2026

काठमाडौं, २८ साउन। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज हंगकंगबाट स्वदेश फर्किदै हुनुहुन्छ ।

उहाँ आज दिउँसो १२ बजेर २५ मिनेटमा थाइ एअरवेजको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

उहाँको स्वदेश फिर्तीलाई लक्षित गर्दै विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरिएको छ।

कांग्रेसको संस्थापनइतर पक्षले विमानस्थलमा सात हजारभन्दा बढी नेता तथा कार्यकर्ता उतारेर स्वागत गर्ने योजना बनाएको छ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षका राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक व्यवस्थापनको काम गरिरहेका छन्।

विशेषगरी तरुण दल र विद्यार्थी संगठन परिचालन समितिले स्वागतको संयोजन गरिरहेका छन् भने सांस्कृतिक समितिले विभिन्न झाँकीसमेत प्रस्तुत गर्ने तयारी गरेको छ।

पूर्वसभापति देउवा साउन २८ गते बिहिवार दिउँसो १२ बजेर २५ मिनेटमा थाइ एअरवेज को जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

Share Now