काठमाडौं, ८ भाद्र । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत रिट पेश गर्नुभएको छ।
सोमबार नेताद्धय देउवा र खड्काले अलग अलग रिट पेश गर्नुभएको हो। नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिनुभएको हो ।
नेता दीपक खड्काले पूर्वसभापति देउवाको तर्फबाट रिट पेस गर्नुभएको छ।
रिट अध्ययनको क्रममा रहेकोले दर्ता भएको छैन। सर्वोच्च अदालत प्रशासनका अनुसार रिट अध्ययनकै क्रममा रहेका छन्। यसअघि शुक्रबार अदालत पुर्याएको एक रिट भने दुवै नेताहरुको रिट एकसाथ पेश गर्ने मनशायले फिर्ता लिएका थिए ।








