काठमाडौं, १२ भाद्र । नेपाल प्रहरीले तिब्बत तर्फ बनेको पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको जनाएको छ।
प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी उद्धारकर्मी र सर्वसाधारणहरुलाई सतर्क रहन भनेको छ।
राष्ट्रिय विपद् जोखिम प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको र थप बाढी आउन सक्ने जोखिम रहेको जनाएको छ।
प्राधिकरणले भोटेकोशी-त्रिशूली नदी किनारमा उद्धार र राहतमा खटिएका व्यक्तिहरूलाई सतर्कता अपनाउन भनेको छ।
“…विविध कारणले जोखिम क्षेत्रमा रहनु भएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ,” प्राधिकरणले भनेको छ।
यद्यपि चिनियाँ सरकारी सञ्चारमाध्यमले जम्मा भएको पानी बाँध भरिएर निस्किएको जनाएको छ।








