Prakash Adhikari August 30, 2026

काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको रसुवास्थित रासस समाचारदाता सरस्वती न्यौपानेले टेलिफोनमार्फत जानकारी दिनुभयो ।

यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

बाढी अहिले त्रिशुली थ्री ए, थ्री बी जलविद्युत आयोजना स्थलमा आइपुगेको छ ।

Share Now