Prakash Adhikari September 5, 2026

काठमाडौं, २० भाद्र । एनएमबि क्यापिटल लिमिटेडले हालै भोटोकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख आर्थिक सहयोग गरेको छ ।

एनएमबीका कर्मचारीहरूले छुट्टै रकम सङ्कलन गरी त्यसबाट विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा टेकूमा  जम्मा गरेका छन् ।

एनएमबी क्यापिटल परिवारले यस विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । क्यापिटलले बेपत्ताहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

Share Now