Prakash Adhikari October 15, 2018

 

ह्युस्टन, टेक्सास(संयुक्त राज्य अमेरिका), २७ असोज । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा रहेका नेपालीले अमेरिकी कंग्रेसका सदस्यको उपस्थितिमा दशैं भोज तथा शुभकामना कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका छन् ।

नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच०(को आयोजनामा भएको दशैं भोज तथा शुभकामना कार्यक्रममा टेक्सस डिस्ट्रिक्ट ९ का कंग्रेसम्यान एल ग्रिन पनि उपस्थित भएका थिए । कार्यक्रममा करीब २ सय ५० जति नेपालीहरु उपस्थित थिए । सामुहिक रात्रीभोज सहितको दशैंभोजमा स्थानीय कलाकारहरु कृति सापकोटा, काव्या नेपाल, आर्या जोशी, ज्योती कुँवर, श्रुति ज्ञवाली, अविज्ञा न्योपाने, साई लामा र अर्जुन पोखरेल लगाएकाले मनोरन्जनात्मक नेपाली गीत तथा नृत्य सहितको साँस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा चारबर्षीय बालक सर्व भट्टराईले आनी छोइंगको ‘फूलको आँखामा फूलै संसार’ गीत गाएर सबैलाई मनोरन्जन दिएका थिए।

प्रमुख अतिथिको रुपमा सहभागी भएका अमेरिकी विधायक ग्रिनले नेपालीहरुलाई आफ्नो सुन्दर संस्कृतिलाई बचाउन ,आफ्नो भाषालाई समृद्ध पार्न र सांस्कृतिक पर्वहरुलाई मज्जाले मनाउन सल्लाह दिएका थिए ।

उनले अमेरिकामा आएका वा जन्मिएका साना नानीहरुलाई आफ्नो मातृभाषा र संस्कृति सिकाउनन प्रेरित गर्नुपर्ने बताए । भाषा र संस्कृतिलाई बचाइराख्ने माध्यम नै नयाँ पुस्ता भएकोले बालबालिकालाई आफने भाषा र संस्कृतिबाट अलग गर्न नहुने उनको सुझाव थियो । उनले नेपालमा गएको महाभूकम्पका बेला नेपाली एशोसियसनले १दलाख ८५ हजार डलर सहयोग संकलन गरेर नेपालमा स्कुल बनाउन सहयोग गरेकोमा नेप्लिज एशोसिएसन अफ ह्युस्टनलाई धन्यवाद दिएका थिए ।

Share Now

Leave a comment.