Prakash Adhikari September 24, 2026

 

काठमाडौं, ८ असोज। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारीलाई तीव्र पार्दै देशका ५५ जिल्लामा संयोजक मनोनयन गरेको छ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले जिल्लागत रूपमा संयोजकहरू तोकेको हो।

मनोनीत संयोजकहरूलाई डा. कोइरालाको हस्ताक्षर रहेको पत्र हस्तान्तरण गरिसकिएको नेता एनपी साउदले जानकारी दिए। देउवा समूहले आगामी असोज १५ गते वडा अधिवेशन गर्ने र आगामी मङ्सिर २१ देखि २३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।

मनोनीत जिल्ला संयोजकहरूले सम्बन्धित जिल्लामा महाधिवेशनको तयारीका साथै संगठन निर्माण तथा सञ्चालनका आवश्यक कामहरू अगाडि बढाउने नेता साउदले बताए। मधेस प्रदेशका जिल्लाहरूमा भने हालसम्म संयोजक तोकिएको छैन।

प्रदेशअनुसार तोकिएका संयोजकहरूको सूची:

कोशी प्रदेश: पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल (सहसंयोजक: विनायक पन्त), खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेत (सहसंयोजक: गोविन्द चाम्लिङ) संयोजक तोकिएका छन्।

बागमती प्रदेश: दोलखामा ताराबहादुर खड्का (सहसंयोजक: जयराम श्रेष्ठ), रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौँमा जयकृष्ण महर्जनले जिम्मेवारी पाएका छन्।

गण्डकी प्रदेश: गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटी संयोजक तोकिएका छन्।

लुम्बिनी प्रदेश: नवलपरासी (पश्चिम) मा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा बेदबहादुर थापा, रुकुम (पूर्व) मा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्युठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई जिम्मेवारी दिइएको छ।

कर्णाली प्रदेश: डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा ‘मिलन’ र सुर्खेतमा ललित भट्टराई संयोजक बनाइएका छन्।

सुदूरपश्चिम प्रदेश: बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारू (सहसंयोजक: रामसमझ राना) संयोजक तोकिएका छन्

Share Now