Prakash Adhikari September 26, 2026

काठमाडौं, १० असोज । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले १५ करोड रुपैयाको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने रु.१००/– अंकित दरका १५ लाख कित्ताले हुन आउने रु.१५ करोड रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष लालप्रसाद सावा लिम्बूले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गर्नुभएको छ ।

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउन प्रतिबद्ध एक दूरदर्शी लगानी कम्पनी हो । यस कम्पनीले सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारा सहित विभिन्न क्षेत्रहरू जस्तै ऊर्जा, सूचना तथा प्रविधि, संचार, पर्यटन क्षेत्रसंग सम्बन्धित आयोजनाहरुमा रणनीतिक रूपमा केन्द्रित भई आफ्नो लगानी गर्दै आई रहेको छ ।

Share Now