काठमाडौँ, १२ असोजः सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ ।
दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिद्वारा बास्कोटालाई भारतीय रुपैयाँ ५१ हजार १११ नगद र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरेको हो ।
मिरिकमा आइतबार आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष कैलाश राई, सचिव डी. केगिरी, प्रमुख अतिथि गोविन्द सिंह क्षेत्री तथा संस्थापक अध्यक्ष मनोज राइलगायतले बास्कोटालाई सो पुरस्कार सहित सम्मानगर्नुभएको सो संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साथै नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रममा सङ्गीतकार तथा गीतकार बास्कोटालाई सम्मान गरिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रा स्रष्टा–सर्जकलाई सम्मान गर्नु केवल एउटा कार्यक्रम होइन, उहाँहरूको सिर्जनायात्राप्रति हाम्रो कृतज्ञता र नेपाली कला संस्कृतिप्रतिको सम्मान पनिहो । यस्ता कार्यक्रमहरु एवं मान सम्मानले नेपालीकला र संस्कृतिलाई आगामी पुस्तामाझ पनि सुपरिचित गराउँदै लैजानेछ ।”
सन् १९७१ मा सङ्गीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक साङ्गीतिक यात्रा सुरु गर्नुभएका बास्कोटाले नेपाली सङ्गीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आउनुभएको छ ।
उहाँले ३६४ भन्दा बढी नेपालीचलचित्रमा सङ्गीत निर्देशन तथा दुई हजारभन्दा बढी गीतमा सङ्गीत सिर्जनागर्नु भएको छ ।
नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसक्नुभएको छ । गुठी संस्थान […]
काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]
काठमाडौँ, ५ कात्तिक : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]