Prakash Adhikari October 8, 2026

काठमाडौं, २२ असोज। नेपालको अब्बल बाणिज्य बैंक नबिल बैंकको ४२औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।

आर्थिक वर्ष २०८२र८३ की मुनाफाबाट साधारण सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव बैंकको बिहीवार काठमाडौंमा भएको साधारण सभाले पारित गरेको हो। अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीले भने ८ प्रतिशत लाभांश पाउनेछन्।

५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पुँजी ३३ अर्थ ४० करोड रुपैयो नाचेको छ। बैंकले आर्थिक वर्ष २०८२र८३मा ७ अर्ब २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सड़द मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ। उहाँहरु तिनै जना यसअधि पनि सञ्चालक समितिमा हुनुहुन्थ्यो।

Share Now