काठमाडौँ, २४ असोजः भोटेकोशी बाढीमा १ हजार ४ सय ५७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो ।
बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ५, धादिङमा ७३, चितवनमा ३ सय ६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको मृत्यु भएको बताएको हो ।
सङ्कलन भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३५ शव व्यवस्थापन गरिएको छ । १ हजार ४ सय ३८ शवको पहिचान हुन सकेका छैन । बाढीपछि ४ हजार ७ सय २० जना बेपत्ता छन् ।
यसैगरी, बाढीबाट विस्थापित १ हजार २ सय ३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ ।
–––







