काठमाडौं, १६ कार्तिक। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान ८ः३० बजे बस्ने गरी आह्वान गरिएको छ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय गतिविधिबारे गहन छलफल हुने जनाइएको छ।
सभापति गगनकुमार थापाले सरकारको कार्यशैली र सञ्चालन प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको भोलिपल्टै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठकमा सरकारको भूमिका र भावी रणनीतिबारे सांसदहरूबिच छलफल हुने अपेक्षा गरिएको छ।







