Prakash Adhikari November 1, 2018

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि सर्वसाधारणलाई साधारण सेयर (आइपिओ) को बिक्री खुल्ला गर्ने भएको छ ।

डिम्याट खाता भएका आवेदकहरुले नेपालभरका आश्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट शेयर भर्न पाउनेछन् । आश्वा प्रणालीबाट सेयर भर्न डिम्याट खाता अनिवार्य गरिएको छ ।

आयोजनाले रु १ अर्ब ५८ करोड बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्बसाधरणलाई बिक्री गर्न लागेको जनाएको हो । आयोजनाले यसअघि ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ ।

यस्तै गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीलाई समेत साधारण शेयर बिक्री गरिसकेको छ । आयोजनाले दोलखावासीलाई रु १ अर्ब ५ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।

तेस्रो चरणमा आम सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आयोजनाले जनाएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधिन नेपालको हालसम्म सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको जडित क्षमता ४ सय ५६ मेगावाट रहेको छ । आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजना एकबर्षभित्रै सम्पन्न हुने बताइएको छ ।

आयोजनाले आम सर्वसाधारणका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ ।

आयोजनाको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहप्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छन् ।

स्थानीयको सेयर बाँडफाँट सम्पन्न

यसरी बाँडफाँड भयो अपर तामाकोशीको सेयर

अपर तामाकोशीले आयोजना प्रभावितका लागि निश्कासन गरेको सेयर कार्तिक १४ गते बुधबार बाँडफाँड भएको छ ।

कुल १करोड ५ लाख ९० हजार कित्ता बुधबार नियमन निकायहरुको प्रतिनिधि, निष्कासन कम्पनी तथा निष्कासन तथा बिक्री प्रबन्धकहरुको उपस्थितिमा बाँडफाँट गरिएको हो ।

सेयर बाँडफाँटमा आयोजनाका अति प्रभावित, प्रभावित र दोलखा जिल्लाका अन्य बासिन्दाहरुलाई क्रमश क, ख र ग वर्गमा वर्गीकरण गरी ३ः १.४ः १ को अनुपातमा बाँडफाँट गरिएको बताइएको छ ।

आयोजना अति प्रभावित “क” वर्गमा कूल ५ हजार ५० जना रितपूर्वक आवेदन दिने आवेदकहरुमध्ये ३० कित्ता देखि १०० कित्ता शेयर माग आवेदकहरुलाई माग बमोजिम तथा ११० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदहरुलाई १०२ कित्ताका दरले जम्मा ५ लाख १० हजार ९ सय ५० कित्ता सेयर बाँडफाँट भएको छ ।

यस्तै, आयोजना प्रभावित “ख” वर्गमा कूल ८१ हजार २ सय ३७ जना रितपूर्वन आवेदक दिने आवेदकहरु मध्ये ३० कित्ता देखि ४० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम तथा ५० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदहरुलाई ४८ कित्ताका दरले जम्मा ३७ लाख ७७ हजार ५ सय ८६ कित्ता सेयर बाँडफाँट गरिएको निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

दोलखा जिल्लाका अन्य बासिन्दाहरु “ग” वर्गमा रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये ३० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई ३२ कित्ता र सो भन्दा माथि ५० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई ३४ कित्ताका दरले जम्मा ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता शेयर बांँडफाँट गरिएको छ ।

यस अनुसार वितरण गरी बाँकी रहेको १ हजार ५ सय ९८ शेयर कित्ता दोलखा जिल्लाका अति प्रभावित “क” वर्गका ३ सय कित्ता आवेदन दिने ४ हजार १ सय ८६ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १ कित्ता सेयर बाँडफाँट गरिएको थियो ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको रु.१००।— अंकित दरको १करोड,५ लाख ९० हजार कित्ता सेयर दोलखा जिल्लाका बासिन्दाहरुको लागि खरीद आह्वान गर्दा आयोजना अति प्रभावित “क” वर्गमा कूल ५, हजार ५० जना आवेदकहरुमार्फत १३ लाख ८८ हजार ३ सय कित्ता शेयरको लागि, आयोजना प्रभावित “ख” वर्गमा कूल ८१ हजार २ सय ४२ जना आवेदकहरु मार्फत १ लाख २७ लाख ८१ हजार २ सय ९० कित्ता शेयरको लागि र दोलखा जिल्लाका अन्य बासिन्दाहरु “ग” वर्गमा कूल १करोड ८९ लाख ९ सय २३ जना आवेदकहरु मार्फत २ करोड ३५ लाख ४२ हजार ३ सय ७० कित्ता शेयरको लागि आवेदन प्राप्त भई जम्मा २ करोड ७६ लाख २ सय १५ स्थानिय बासिन्दाहरुबाट ३ करोड ७७ लाख ११ हजार ९ सय ६० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो ।

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपी) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा २ लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।

Share Now

Leave a comment.