काठमाडौं, २३ कार्तिक । ओपनर युवराज शम्रा शतक र कुशल भुर्तेलको अर्धशतकको बलमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु २ सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
एनपिएलमा बनेको यो दोस्रो ठूलो विशाल लक्ष्य हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १७ रन बनाएको छ। जारी सिजनमा पहिलो पटक कुनै पनि टोलीले २ सय रनको आँकडा पूरा गरेको हो।
समग्रमा एनपीएलमा २ सय रनको योगफल पूरा भएको तेस्रो हो। यसअघि दोस्रो सिजनमा विराटनगरले पोखराविरुद्ध २ सय २० र कर्णालीविरुद्ध पोखराले पहिला ब्याटिङ गर्दै २ सय १ रन बनाएको थियो।
पोखराका लागि युवराजले ४५ बलमा १० चौका र ६ छक्का सहयोगमा शतक पूरा गरेका। जारी एनपीएलमा बनेको यो पहिलो शतक हो। उनले ४८ बलमा १ सय २ रन बनाउँदा मार्क वाटको बलमा अरिफुल स्लामबाट क्याच भए।
एनपीएलमा बनेको यो चौथो शतक हो। यसअघि पहिलो सिजन पोखराका आद्रेस गसले ५५ बलमा शतक हानेका थिए ।
दोस्रो सिजन कर्णाली याक्सका मार्क वाटले ४१ बलमा तथा पोखरा कै आडम रोसिङटनले ५८ बलमा शतक पूरा गरेका थिए।
एनपीएलको तिन सिजनमा चार खेलाडीले शतक बनाएका छन्। चारै शतक विदेशी खेलाडीको नाममा रह्यो। एनपीएलका अघिल्ला २ संस्करणमा प्लेअफ पुग्न नसकेको एक मात्र टोली पोखराका लागि ३ खेलाडीले शतक हानेका छन्।
आजको खेलमा दोस्रो विकेटका लागि युवराज र कुशल भुर्तेलले १ सय ३६ रनको साझेदारी गरे। कुशल ३९ बलमा ७ चौका सहयोगमा ६२ रन बनाउँदा सोमपाल कामीको बलमा विकेट किपरबाट क्याच आउट भए। कुशलले २८ बलमा ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।
खेलमा ओपनर मेहदी हसन १६ बलमा ५ रन बनाउँदा सोमपाल कै बलमा क्याच आउट भए। सन्नी विके ३ र कप्तान चमिका करुणारत्ने ३५ रनमा अविजित रहे।
पोखरालाई रोक्ने क्रममा कर्णालीका लागि सोमपाल कामीले २ विकेट लिए। उनले आफ्नो स्पेलमा २४ रन खर्चे। मार्क वाटको नाममा एक विकेट लिए।







