काठमाडौँ, १ मङ्सिरः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार धितोपत्र बजार परिसूचक १२.७९ अङ्कले घटेर २६३६.१० विन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अङ्कले घटेर ४७७.२१ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ८३ अङ्कले घटेर १८२.७७ मा पुगेको छ ।त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक 0.७३ अङ्कले घटेर १६१.७६ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर रु चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये १२ उपसमूह घट्यो भने एक उपसमूह बढेको छ ।
आज ८६ कम्पनीको सेयर बढ्यो भने १८५ कम्पनीको सेयर घट्यो । त्यसैगरी नौ कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार आज अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, एपोलो हाइड्रो पावर लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले गुमाएका छन् ।
–––