काठमाडौँ, २ मङ्सिरः नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पुन घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






