पोखरा(कास्की), १७ कार्तिक । नेपालको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिगमा घरेलु टीम पोखरा पल्टन सीधै फाइनल प्रवेश गरेको छ ।
आज भएको खेलमा पोखरा पल्टनले काठमाडौ रोयल्सलाई ४ विकेटले हराएसँगै अंकतालिकामा पुछारमा रहेका बुटवल र विराटनगर लिग चरणबाट नै बाहिरिन पुगे ।
Pokhara Premier League
| TEAM | M | W | L | T | P | NRR |
|---|---|---|---|---|---|---|
| PP | 5 | 3 | 2 | 0 | 6 | 0.788 |
| CR | 5 | 3 | 2 | 0 | 6 | 0.523 |
| HKR | 5 | 3 | 2 | 0 | 6 | 0.165 |
| ED | 5 | 3 | 2 | 0 | 6 | -0.398 |
| BB | 5 | 2 | 3 | 0 | 4 | 0.34 |
| BT | 5 | 1 | 4 | 0 | 2 | -1.385 |
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले १९ ओभर एक बलमा एक सय तीन रनमा अलआउट भयो । निकै खराव सुरुवात गरेको काठमाडौले १३ रन बनाउदा दुई विकेट गुमायो । उसका ओपनर जयकिशन कोल्सावाल र गौरव तमोरले खाता खोल्न सकेनन । त्यसपछि पनि उसले ४३ रन बनाउदा थप दुई विकेट खेर फाल्यो ।
अमित श्रेष्ठ २१ रनमा आउट भए भने पवन सराफ १२ रनमा पेभेलियन फर्किए । काठमाडौका कुनैपनि खेलाडीविच राम्रो साझेदारी हुन सकेन । उसका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधकि ३१ रन बनाए । अघिल्लो खेलमा अर्धसतक प्रहार गरेका नरेश बुढाऐर ६ रनमा, आदिल खान सात, अमरसिंह रौटेला एक रनमा आउट भए । ९२ रन बनाउदा उसले नौ विकेट गुमाइसकेको थियो ।
बसन्त रेग्मी १९ रनमा अविजीत रहे । बलिङ तर्फ ललित राजवंशीले तीन तथा मोहम्मद नाभिद र रासिद खानले दुई दुई विकेट लिए ।
जवाफमा पोखरा पल्टनले १५ ओभर ५ बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । पोखराले पनि सुरुवात राम्रो गर्न सकेन । १६ रनमा पहिलो विकेट गुमाएको उसले ४८ रन बनाउदा तीन विकेट खेर फालेको थियो । उसका लागि कुशल भुर्तेलले १४, आशिफ शेखले १६ रन बनाए भने विनोद भण्डारीले शुन्य रनमा आउट भए ।
त्यसपछि विदेशी खेलाडी रवीइन्दर सिंह र कप्तान शरद भेषवाकरलाई लगातार दुई बलमा अमरसिंह रौटेलाले आउट गरेपछि पोखराले ६९ रनमा ५ विकेट गुमायो । रवीले २२ रन बनाए भने मोहम्मद नाभिदले ३६ रन बनाए । बलिङमा अमरसिंह रौटेलाले तीन विकेट लिएका छन । जितसँगै पोखरा लिगको शिर्ष स्थानमा पुगेको छ ।
विराटनगरलाई हराउदै चितवन इलिमिनेटर राउण्डमा
सन्नी पटेलले बिष्फोटक ब्याटिंग गर्दै अविजित ५१ रन जोडेपछि चितवन राइनोजले बिराटनगर टाईटन्स बिरुद्धको अन्तिम लिग खेलमा ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। जितसंगै चितवन अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
खेलमा क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका चितवन राइनोज र काठमाण्डौ रोयल्सले भने फाइनल प्रवेशका लागि आइतवार एलिमिनेटरमा भिड्दै छन्।
पोखरा रंगशालाको क्रिकेट मैदानमा सम्पन्न रोमान्चक लिग खेलमा चितवनले बिराटनगरमाथि ४ विकेटको विजय पाएको थियो ।
सन्दिप लामिछानेले सानदार बलिङ्गगर्दै हरि शंकर शाहा, पारस खड्का, आरिफ शेख र भूबन कार्कीलाई पभेलियन फर्काएपछि दबाबमा आएको चितवनलाई जितका लागि अन्तिम दुई ओभरमा २६ रनको आवश्यकता थियो।
्
खेलको १९ औं ओभरमा चितवनका सन्नी पटेल र सोनु तामाङ्गले १८ रन बनाएपछि चितवन खेलमा फर्कियो। सो ओभरमा सन्नीले दुई छक्का र सोनुले १ चौका प्रहार गर्दै खेल चितवनको पक्षमा ल्याए ।
जितका लागि अन्तिम ओभरमा अब ८ रन बाँकी रहँदा किशोर महतोको दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै सन्नीले चितवनलाई एलिमिनेटरसम्म पुर्याए।
अविजित ५१ रन प्रहार गर्ने क्रममा सन्नीले २४ बलमा ४ चौका र समान छक्का प्रहार गरे। यस्तै सोनु तामांगले अविजित ११ रन बनाउने क्रममा १० बलमा २ चौका प्रहार गरे। खेलको प्लेयर अफ दि म्याच सन्नी पटेल घोषित भए।
सन्नी र सोनु अघि चितवनका लागि आरिफ शेख ३५, स्मित पटेल २१ र अनिल साह १३ रन बनाएर आउट भएका थिए।
बिराटनगरको बलिङ्गमा सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्। आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले १ मेडन सहित २५ रन खर्चिए। यस्तै सुनिल धमला र शाहब आलमको नाममा समान १/ १ विकेट रह्यो।
यसअघि पहिलो इनिंगमा टस जितेर ब्याटिंगमा उत्रिएको बिराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गरेको थियो।
बिराटनगरको इनिंगमा जैद आलमले सर्वाधिक ५१ तथा सुनिल धमलाले ४७ रनको योगदान गरेका थिए। आलमको प्रतियोगितामा यो लगातार तेस्रो अर्धशतक समेत हो।
ओपनिङ्ग गर्न उत्रिएका जैदले ४७ बलमा ६ चौका र २ छक्का सहित ५१ रन जोडेका थिए। त्यसक्रममा उनले सुनिल धमलासंग पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए।
सुनिल व्यक्तिगत ४७ रनको स्कोरमा स्मित पटेलको शिकार बने। ४५ बल खेलेका सुनिलले ७ चौका प्रहार गरेका थिए।
यस्तै पुस्प थापाले अविजित ११, प्रदिप ऐरी ११ र राजेश पुलामीले ८ रन जोडेका थिए।
चितवनको बलिङ्गमा स्मित पटेल र पारस खड्काको नाममा समान २ / २ विकेट रह्यो। आ-आफ्नो ४ ओभरको स्पेलमा पारस र स्मितले क्रमश २९ र २७ रन खर्चिएका थिए।


















