बागलुड., ४ मंसिर । नेपाली कांग्रेसका १४ औं महाधिवेशनबाट निर्वाचित सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा कांग्रेस कार्यकर्ताको भावनाअनुसार निर्णय गर्ने दावी गर्नुभएको छ ।
नेपाली कांग्रेस बागलुड.को जिल्ला अधिवेशनको शुक्रवार सदरमुकाम बागलुड.बजारमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, जेजस्ता हल्ला आए पनि सर्वोच्च अदालतले सबै कांग्रेस कार्यकर्ताको भावना अनुसार निर्णय दिने मेरो विश्वास छ।
उहाँले राजा ज्ञानेन्द्रको निरंकुशताबिरुद्ध लडेको कांग्रेस देशमा आइपर्ने सबैखाले समस्यामा जुध्न तयार रहेको बताउनुभयो। उहाँले आफ्नो प्राण रहुन्जेल लोकतन्त्र र गणतन्त्रमा समर्पित बन्ने बताउनुभयो ।
आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्ने आवस्यकता रहेको औल्याउँदै उहाँले त्यसकालागि कार्यकर्तालाई एक भएर लाग्न निर्देशन दिनुभयो । ‘मेरो जीवन देश र जनतालाई दिँदै आएको छु, अझै पनि लोकतन्त्र र गणतन्त्रको रक्षामा समर्पित गर्छु,’ उहाँले भन्नुभयो, ‘सबै कार्यकर्ताले कांग्रेसको संगठन बढाएर आगामी निर्वाचन जित्ने वातावरण बनाउनुहोला ।’
उहाँलें फुटेर नभइ जुटेर पार्टीका कार्यकताले अगाडि बढ्नुपर्ने बताउनुभयो । यसअघि विभिन्न स्थानमा पार्टी नेतृत्वप्रति आक्रोशित देखिनुभएका देउवा शुक्रबार भने शान्त मुद्रामा देखिनुभएको थियो।
कांग्रेसको संगठनमा बागलुङले गरेको योगदानको स्मरण गर्दै भन्नुभयो ‘सहिद थिरबम मल्लले योगदान बचाउने जिम्मा बागलुङले लिनुपर्छ,’ कांग्रेसका कार्यकर्ताहरु बिचलित नभइ देशको हितमा लागौं ।’







