Prakash Adhikari November 22, 2026

 

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्कनुभएको छ ।

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री शाहलाई भारतमा वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले भारतमा राष्ट्रपति दौपदी मुर्मुसंग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । उहाँले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग एक्लै र प्रतिनिधिसहित वार्ता गर्नुहुने छ ।

उहाँसंग आजै भारतीय विदेश मन्त्री एस जयशंकरले उहाँ बस्ने होटल ताजमा भेटने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किनुहुने छ ।

प्रधानमन्त्रीको ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल

बालेन्द्र शाह – प्रधानमन्त्री
डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
शिशिर खनाल – परराष्ट्रमन्त्री
कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
गोविन्दबहादुर कार्की – मुख्यसचिव
अमृतबहादुर राई – परराष्ट्र सचिव
रुद्रसिंह तामाङ – उद्योग, वाणिज्य तथा आपूर्ति सचिव
सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा
कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल
लोकबहादुर पौडेल क्षेत्री – परराष्ट्र मन्त्रालयका प्रवक्ता
अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय
सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालय
सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा
विजय राज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा
लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
दीपकराज निरौला – प्रोटोकल अधिकृत
मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा
लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहायक
मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया)
तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
कमलकुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति
अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल
मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहायक
मुकेश डंगोल – क्यानका महानिर्देशक

Share Now