Prakash Adhikari November 14, 2018

काठमाडौं, २८ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बृत, बौद्ध, काठमाडौंका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईविरुद्ध काठमाडौं विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले डिएसपी राईले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याईदिनु भनी जिन्सी सामानको रूष्पमा घुस माग गरेको र सेवाग्राहीले ल्याउन विलम्ब गरेपछि आफैले टभिी खरिद गरी सो बापतको बिलको भुक्तानी दिनको लागि सेवाग्राहीलाई पटक (पटक फोन गरी घुस माग गरेका थिए ।

सो सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले निजलाई १ लाख ४० हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

निज डीएसपी राईलाई हिराशतमा लिई अनुसन्धान गरेर उनी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को अनुसार १ लाख ४० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को घ बमोजिम जरिवाना र कैद सजाय समेतको मागदावी लिइ बुधबार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले बताएको छ।

मालपोतका तीर्नलाई पनि भ्रष्टाचार मुद्दा

जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग रिसवत लिएका मालपोत कार्यालय, कास्कीमा कार्यरत अधिकृत खेमनारायण पौडेल , नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्मालाई पनि अख्तियारले भ्रष्टाचारमा मुद्दा दायर गरेको छ ।

उनीहरुले घुस मागेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिइ गएको टोलीले मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई ५० हजार रुपैया घुस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । अख्तियारले अनुसन्धानका क्रममा तीनजनाले आपसी मिलेमतोमा घुस रिसवत माग गरी दामासाहीमा लिने सहमति गरेको पाएकोले लिइ भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार रु ५० हजार विगो कायम गरी विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

सरकारी वकिल पनि फन्दामा

ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाइ सेवाग्राहीसँग रु ५० हजार घुस लिदा पक्राउ परेका उच्च सरकारी वकील कार्यालय, पोखरा कास्कीका सह(न्यायधिवक्ता सुरेन्द्रबहादुर थापा विरुद्ध पनि अख्तियारले मंगलबार काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Share Now

Leave a comment.