Prakash Adhikari November 19, 2018

 

सानेपा(ललितपुर, ३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ गैरहेको दाबी गर्नुभयो ।

कांग्रेस सभापति देउवाले मुलुकमा राजनीतिक स्थिरता भएपनि विकास निर्माण र सुशासनको कुनै अनुभूति नभएको बताउनुभयो । उहाँले कम्युनिष्टहरुबाट लोकतान्त्रिक व्यवस्थाको संरक्षण र संबर्धन हुन नसक्ने बताउदै २००७ सालदेखि प्रजातन्त्रको पक्षमा लड्दै आएको कांग्रेसलाई नै मुलुकको नेतृत्व गरेर प्रजातन्त्र र लोकतन्त्रको संरक्षणको जिम्मेवारीमा पुर्याउन कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसले मंसिर २८ देखि काठमाडौंमा हुने महासमितिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्तावका लागि प्रदेशस्तरमा जिल्ला कार्यसमितिका सभापति, सांसदहरु, जिल्लाका वरिष्ठ नेताहरु र विज्ञहरुको मस्यौदा सुझाव संकलनका लागि कांग्रेसले प्रदेश स्तरमा कार्यकर्ता भेला गरिरहेको छ । त्यही श्रृखला अन्तरगत ३ नम्बर प्रदेश भेला आयोजना गरिएको हो । यस्तो भेला हिजो जनकपुरमा भएको थियो ।

Share Now

Leave a comment.