Prakash Adhikari November 21, 2018

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका प्रतिबद्ध कार्यकर्ता तथा प्रजातन्त्रको पुनस्थापना र विकासमा आजपर्यन्त सक्रिय केशव रेग्मी विगत ८ दिनदेखि धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

शरीरमा कार्बन डाई अक्साइडको मात्रा बढेर गोंगबूस्थित निवासमा बेहोश भएपछि उहाँलाई उपचारार्थ ग्रिनसिटी अस्पतालमा लगिएको थियो ।

सातदिन आइसीयूमा राखेर उपचार गरेपछि उहाँलाई बुधबार पोष्ट अप वार्डमा सारिएको छ ।

उहाँ अहिले दोहोरो बोलचाल गर्न सक्नुहुन्छ ।

उहाँको पोखराको विन्धवासिनी मिरुवास्थित निवास पञ्चायतकालमा नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुकोलागि आश्रयस्थल नै बन्ने गरेको बताइन्छ ।

स्नातक भएपछि पनि पञ्चायतमा जागीर नखाने प्रतिबद्धता गरेर बस्नुभएका सम्पन्न परिवारका रेग्मी प्रतिवन्धित कालमा नेपाली कांग्रेसका शिर्ष नेताहरु जेलपर्दा उहाँहरुलाई मिठाई ,मासु र स्वादिष्ट परिकार लिएर चाडपर्वहरुमा पुग्ने गर्नुहुन्थ्यो ।

स्वेच्छाले उदारमनले प्रजातान्त्रिक आन्दोलनमा समर्पित रहदै आउनुभएका रेग्मीले आफ्नै प्रयासमा ‘सम्मति”नामक मासिक पत्रिका पनि सम्पादन र प्रकाशन गर्दै आउनुभएको छ ।

Share Now

Leave a comment.