काठमाडौं, २७ मंसिर । प्रतिनिधि सभा चुनाव अन्तर्गतको प्रत्यक्षतर्फका १सय ६५ वटै निर्वाचन क्षेत्रको परिणाम आएको निर्वाचन आयोगले जनाएको छ।
बुधवार बिहान सुनसरी क्षेत्र नम्बर ३को मत परिणाम प्राप्त भएसंगै प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको हो । सबैभन्दा पछि प्रत्यक्षतर्फ निर्वाचित हुने प्रतिनिधिसभाको सदस्य नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार भएका छन् । ३८ हजार ९७२ मत ल्याएका चौधरीले नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीलाई ३२१ मतले पराजित गरेका थिए।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६ र नेपाली कांग्रेसले २३ स्थान हासिल गरेका छन्।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ राष्ट्रिय जनता पार्टी नेपालले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन्।
नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक एक सिट ल्याएका छन्। हुम्लाबाट स्वतन्त्र उम्मेद्वारी दिने छक्कबहादुर लामा सांसद निर्वाचित भएका छन्।
२ नं बाहेक सबै प्रदेशमा वाम गठबन्धनलाई २ तिहाई
बाम गठबन्धनलाई २ नं प्रदेश बाहेक सबै प्रदेशका प्रदेश सभामा समेत एमाले एक्लैले बहुमत सीट जितेको छ । बाम गठबन्धनले विजय पाएको स्थान गणना गर्दा वाम गठबन्धनलाई दुईतिहाईभन्दा बढी बहुमत प्राप्त भएको देखिन्छ ।
प्रदेश नं १ का प्रत्यक्ष तर्फका ५६ सीटमा एमालेले ३६ र माओवादीले १० सीट जितेका छन् । प्रदेश नं ३ का ६६ सीटमा एमालेको ४२ र माओवादीको १५ सीट रहेको छ । प्रदेश नं ४ का ३६ सीटमा एमालेले १७ जितेको छ र मनाèका स्वतन्त्र राजिव गुरुè एमालेको समर्थनमा चुनाव जितेका हुन् । ४ नंम्बरमा माओवादीका ९ र जनमोर्चाका २ उम्मेद्वारले प्रदेश सभामा विजय हासिल गरेका छन् ।
प्रदेश नं ५ का ५२ सीटमा एमाले एक्लैले २८ सीट जितेको छ । यो प्रदेशका प्रदेश सदस्यमा एमाओवादीले १४ सीट जितेको छ ।
प्रदेश नं ६ का २४ सीटमा एमालेले १४ र माओवादीले ९ सीट जितेका छन् । त्यस्तै प्रदेश नं ७ का ३२ सीटमा एमालेले १७ र माओवादीले १० स्थान जितेका छन् ।
कांग्रेसलाई समानुपातिकको भर
प्रतिनिधिसभामा तेस्रो स्थानमा साँघुरिएको नेपाली कांग्रेसले प्रदेश सभामा पनि आफ्नो अवस्था दरिलो देखाउन सकेन । कांग्रेसले प्रदेशसभातर्फ १ नं र २ प्रदेशबाट ८/८, ३ नं र ५ नं प्रदेशमा ७/७, प्रदेश नं ४ मा ६, प्रदेश नं ६ मा १ र प्रदेश नं ७ मा ४ स्थानमात्र जितेको छ । कांग्रेसलाई प्रदेश सभामा प्रतिपक्षको स्थान सुरक्षित गर्न पनि समानुपातिकको सहारा पर्ने देखिएको छ ।
२ न प्रदेशमा मात्रै गैरबामको बहुमत
सातवटा प्रदेश मध्ये २ न प्रदेश सभामा मात्र गैर वाम बर्चश्व देखा परेको छ । यो प्रदेशमा एमाले १४ र माओवादीको ६ गरी २० सीट छ । यो प्रदेशमा नेपाली कांग्रेसले ८, राष्टिय जनता पार्टीले १५, संघीय समाजवादी फोरमले २० र १ स्थान स्वतन्त्रले जितेका छन् ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा परिणाम
प्रतिनिधिसभा सदस्य प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ जम्मा
नेकपा एमाले ८० ३६ १४ ४२ १७ २८ १४ १७ २४८
माओवादी केन्द्र ३६ १० ६ १५ ९ १४ ९ १० १०९
नेपाली कांग्रेस २३ ८ ८ ७ ६ ७ १ ४ ६४
राजपा ११ ० १५ ० ० ० ० १ २७
सस फोरम १० १ २० ० ० ३ ० ० ३४
स्वतन्त्र १ १ १ ० १ ० ० ० ४
जनशक्ति १ ० ० १ १ ० ० ० ३
जनमोर्चा १ ० ० ० २ ० ० ० ३
नेमकिपा १ ० ० १ ० ० ० ० २
राप्रपा १ ० ० ० ० ० ० ० १