Prakash Adhikari November 27, 2018

क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका),११ मंसिर(बीबीसी) ।अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मङ्गल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एउटा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ।

‘इन्साइट’ नाम दिइएको अन्तरिक्षयानले निकै जोखिमपूर्वक सो रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो। अवतरण गर्नुअघि त्यो यान प्रतिघण्टा २० हजार किलोमिटरसम्मको गतिमा उडेको थियो।

सो रोबोटजडित यानको सहायताले मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ। त्यो सफल भएमा मङ्गल ग्रह पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ।

इन्साइट मङ्गल ग्रहमा अवतरण गरेको दृश्य न्यूयोर्कको टाइम्स स्क्वायरमा देखाइएको थियो

 

इन्साइट रोबोटले ग्रेनिच समयानुसार १९:५३ बजे मङ्गल ग्रहमा अवतरण गरेको थियो।

अवतरण गर्दा इन्साइट रोबोटले उद्विग्न भएर प्रतीक्षा गरिरहेका वैज्ञानिकहरूलाई शृङ्खलाबद्ध रूपमा सूचना पठाएको थियो।

नासामा हर्षोल्लास

मङ्गल ग्रहमा इन्साइटले सफलतापूर्वक अवतरण गरेको र त्यो सकुशल रहेको पुष्टि भएपछि क्यालिफोर्नियास्थित नासाको प्रयोगशालामा वैज्ञानिकहरूले हर्षोल्लास गरेका थिए।

नासाका वैज्ञानिक
इन्साइट मङ्गल ग्रहमा अवतरण गरेको दृश्य न्यूयोर्कको टाइम्स स्क्वायरमा देखाइएको थियो
‘इन्साइट’का परियोजना प्रमुख टम होफ्म्यानले अन्तरिक्षयान अवतरण गर्ने बेला आफ्नो सासै रोकिएला जस्तो लागेको प्रतिक्रिया दिए।

“यो एकदमै अविश्वसनीय रूपमा भावुक बनाउने क्षण थियो। म र यहाँ भएका हामी सबैजसो व्यक्ति सात वर्षदेखि यो काममा लागिरहेका छौँ। इन्साइट अवतरण गर्ने सात मिनेटको अवधिमा त मेरो मुटु नै रोकिए जस्तो भयो।”

अवतरण भएलगत्तै त्यो अन्तरिक्ष यानले मङ्गलग्रहको सतहको आफ्नो पहिलो तस्बिर पठाइसकेको छ।

तस्बिरमा मङ्गल ग्रहको अव्यवस्थित भूबनोट देखिएको थियो।

उपकरण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वैज्ञानिकहरूलाई बधाई दिएको बताइएको छ।

इन्साइट रोबोट यतिबेला मङ्गल ग्रहको भूमध्यरेखानजिक रहेको फराकिलो समथर भूभाग एलिसियम प्लानिसियामा रहेको बताइएको छ।

इन्साइट रोबोट

अवतरण गर्नुअघि इन्साइट २० हजार किलोमिटर प्रतिघण्टा सम्मको गतिमा उडेको थियो।

त्यो यान प्याराशुट र रेट्रो रकेटको सहयताले उत्रिएको थियो।

त्यसमा भूकम्प र जमिनमुनिको तापक्रम नाप्ने कैयौँ युरोपेली उपकरणहरू समेत रहेका छन्।

Share Now

Leave a comment.