काठमाडौं, २२ मंसिर । यौनदूराचार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको दिवंगत आत्माको शान्ति र पीडित परिवारको न्यायका निम्ति शनिबार काठमाडौंको माइतीघर मण्डलामा दबाबमूलक कार्यक्रम आयोजना सम्पन्न गरियो ।
निर्मला पन्तको बलात्कार र हत्या भएको करिब ४ महिना बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै अभियान्ताहरूले स्वतस्स्फूर्त रूपमा दबाबमूलक कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रममा चिकित्सा शिक्षा सुधार र मुलुकलाई सुशासनमा लैजान आमरण अनशन बसेर ख्याती कमाउदै आउनुभएका डा. गोविन्द के.सी. सहित समाजसेवी र सामाजिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।

सहभागी अभियान्ताहरुले न्याय नपाए गोर्खा जानु भन्ने पुरानो उक्ति सम्झाउदै नेपालका सत्तारुढ नेताहरुलाई व्यंंग्य कसेर थरी थरी नेता, थरी थरी ताल, गोर्खालीको देशमा न्यायको अनिकाल,प्रहरी ःप्रमाण जुटाउनको लागि कि मेटाउन ?,म निर्मला मलाई न्याय चाहियो लगायतका नारा बोकेको ब्यानर, प्ले कार्ड बोकेका थिए। साथै केहीले आँखामा पट्टी लगाएर प्रधानमन्त्री र गृहमन्त्रीप्रति सांकेतिक विरोध गरेका थिए।

कार्यक्रममा निर्मलाले भोगेको दर्दनाका पीडादायी अवस्था शासकको मानसपटलमा ल्याउन सडक नाटक पनि देखाइएको थियो। प्रदर्शनमा अल्फा राइडर्सका टिमले पनि सहभागिता जनाएको थियो।



















