काठमाडौं, २३ मंसिर । आर्थिक क्षेत्रको विकास र सेयर बजार सुधारका लागि सरका। गम्भिर नभएको आरोप लगाउदै सेयर लगानीकर्ताहरु सेयर बजारको सञ्चालक नेपाल धितोपत्र बोर्डको गेटमा आइतबारदेखि रिले अनसनमा बसेका छन् ।
१० बुदे माग सहित अनसनमा बसेका लगानीकर्ताले पुँजी बजार सुधारलाई सरकारले ध्यान नदिएको बताएका छन् ।
सेयर लगानीकर्ताले सरकार लगानीकर्ता, कम्पनी र राष्टिय पूँजी तथा सम्पत्तिको सुरक्षा गर्न गम्भिर नभएको जनाउदै लगानीकर्ताहरुले रिले अनसन थालेका हुन् ।
सेयर लगानीकर्ता दवाब समूहको ब्यानरमा सुरु भएको अनसनमा शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघले पनि ऐक्यबद्धता जनाएका छन् ।
यस्ता माग उठाए लगानीकर्ताहरुले ः
१। सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस् र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याओस् ।
२। अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याइयोस् ।
३। धितोपत्र बोर्डले ३ बर्ष अघिदेखि गैरआवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागू गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याइयोस् ।
४। शेयर दलाल मार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गरियोस् ।
५। शेयर धितो कर्जाको सीमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस् । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस् ।
६। धितोपत्र बोर्डले ३ बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था होस् ।
७। ग्रेड ४ र ५ रेटिङ प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस् ।
८। कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगाबै संस्थापक र आधारभुत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताब सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस् ।
९। सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ सेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस् ।
१०। कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस् ।


















