नयादिल्ली(भारत),२५ मंसिर(बीबीसी) । भारतीय जनता पार्टी (बीजेपी) आफू सत्तामा रहेको तीनवटा प्रदेशमा विपक्षी कंग्रेसभन्दा पछाडि परेको छ।
भारतको विधानसभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ राज्यमा प्रमुख प्रतिपक्षी दल कंग्रेसले अग्रता कायम गरिरहेको छ।
सम्वाददाताहरू भन्छन् – अहिलेको पराजय अनपेक्षित थिएन र यो बीजेपी लगायतका सत्तारूढ दलका लागि अस्थायी सङ्कट मात्र हो र यसबाट बीजेपी आत्तिइहाल्नुपर्ने अवस्था छैन।
भारतको सन् २०१९ को पूर्वार्धमा देशव्यापी रूपमा नयाँ संसदीय निर्वाचन हुने कार्यक्रम छ।
परिणाम
दक्षिणी राज्य तेलङ्गना र उत्तरपूर्वी राज्य मिजोरममा पनि अहिले जारी विधानसभा निर्वाचनको परिणाम सार्वजनिक हुन लागेको छ।
https://twitter.com/vineetkhare/status/1072383320128921600
Congress lead in Rajasthan #Election2018 brings jubilant supporters to party HQ in Jaipur. @INCIndia @BBCHindi @BBCIndia #AssemblyElection2018 pic.twitter.com/xQnhpTNEkA
— Nitin Srivastava (@TweetNitinS) December 11, 2018
ती राज्यमा तेलङ्गना राज्य समिति र मिजो न्याशनल फ्रन्ट जस्ता क्षेत्रीय दलहरूले अग्रस्थानमा रहेका छन्।
उत्तरी राज्य राजस्थानमा कंग्रेसले जित्ने अपेक्षा गरिएको छ।
मध्यभागमा पर्ने मध्य प्रदेशमा कंग्रेस र बीजेपीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
छत्तीसगढको प्रारम्भिक नतिजा अनुसार कंग्रेस ठूलो मतान्तरले अगाडि छ। त्यसले धेरैलाई चकित तुल्याइदिएको छ।


















