काठमाडौँ,२७ मंसिर । संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
बिहिबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत निर्णयसहित सिफारिस गरेको हो ।
उहाँको नाम संसदको सार्वजनिक सुनुवाई समितिबाट अनुमोदन भयो बीचमा अन्यथा भएन भने उहाँले चार बर्ष प्रधानन्यायाधीशको रुपमा देशको न्यायाक्षेत्रको नेतृत्व गर्न पाउनु हुनेछ ।