सानोठिमी(भक्तपुर), २७ मंसिर । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सम्बन्धमा गएको आषाढ महिनाको ३० गते लिइएको लिखित परीक्षामा सामेल भएका शिक्षकहरु मध्यै लमजुड.,नवलपरासी र मनाड. जिल्लाबाट परीक्षा दिने शिक्षकहरुको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आज आफ्नो वेभसाईटमार्फत तीन जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नतिजा को को पास भए :
आयोगले परीक्षामा पास भएका शिक्षकहरुलाई अन्तरवार्तामा उपस्थित हुन पनि सूचित गरेको छ । परीक्षामा पास भएका शिक्षकहरुको अन्तरवार्ता निम्नानुसार हुनेछ ः
लमजुङ जिल्लाबाट परीक्षामा सम्मिलित शिक्षकहरुको अन्तरवार्ता : शिक्षा विकास तथा समन्वयइकाइ, गोरखा १०२ सवै २०७५ पुस २२ गते १०३ सवै २०७५पुस २३ गते(विहान ८ः०० वजेदेखि दिउँसो १ः०० वजेदेखि)
मनाङ जिल्लाबाट परीक्षामा सम्मिलित शिक्षकहरुको अन्तरवार्ता : शिक्षा विकास तथा समन्वय इकाइ, गोरखा २०७५ पुस २२ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
नवलपरासी जिल्लाबाट परीक्षामा सम्मिलित हुने शिक्षकहरुको अन्तरवार्ता केन्द्र : शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देही १०२ सवैर १०३ का सि.नं १ देखि ३४ सम्म २०७५ पुस २२ गते १०३ का सि.नं ३५ देखि १४४ सम्म २०७५ पुस २३ गते(विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि)
आयोगले प्रकाशित नतिजामा चित्त नबुझ्ने उम्मेदवारहरुलाई आयोगको सानोठिमीस्थित कार्यालयमा पुस ७ गते सम्मे कार्यालय समयभित्र रु २५० तिरेर प्रवेशपत्रसहित पुनर्योगको लागि निवेदन दिन आग्रह गरेको छ ।


















