Prakash Adhikari December 14, 2018

पुल्चोक(ललितपुर), २८ मंसिर । नेपाल ईन्जिनियर्स एशोसियनको ३२ औं कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि आज निर्वाचन हुँदैछ ।

केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६। १६ पदका लागि चुनाव हुन लागेको हो । एशोसिएसनको कार्यकारिणी समितिको पदावधि २ बर्षको हुने प्रावधान छ ।

निर्वाचनमा मुख्य प्रतिस्पर्धा लोकतान्त्रिक समूह र प्रगतिशील समूहका उम्मेदवारबीच हुँदैछ ।

लोकतान्त्रिक समूहको तर्फबाट केन्द्रीय कार्यकारिणी समितिमा ई. प्रा. हिरेन्द्रमान शाक्य अध्यक्षमा उठनुभएको छ । यो समूहबाट उपाध्यक्षमा ई.डा. चन्द्रिकाप्रसाद भट्ट,महासचिवमा ई.अभिमन्यूलाल सिंह,उपमहासचिवमा ई.अशोककुमार शाह,कोषाध्यक्षमा ई.आ. अपिल के.सी र सहकोषाध्यक्षमा ई.जानुका थापा चुनावी मैदानमा उठनुभएको छ ।

त्यतै १२ जना सदस्यहरुमा ई.सागर श्रेष्ठ,ई.सुजन भट्ट,ई.प्रकाश बुढा, ई. अनिल मानन्धर,ई.सूर्यबहादुर पाण्डे,ई.राजेन्द्र दुलाल,ई.एभरेष्ट के.सी.,ई. ज्योतिमणि भट्टराई,ई.भेषराम पोखरेल,ई.उमेशप्रसाद चौधरी,ई.सुदर्शन भण्डारी र ई.दिनेश अर्याल रहनुभएको छ ।

प्रगतिशील ईन्जिनियर समूहको तर्फबाट एशोसिएसनको निर्वाचनमा प्रा.डा. त्रिरत्न बज्राचार्य अध्यक्षमा, उपाध्यक्षमा ,उपाध्यक्षमा ई.आषिश घिमिरे,महासचिवमा ई.छविलाल पोखरेल, उपमहासचिवमा ई.कपिल आचार्य,कोषाध्यक्षमा ई.रामइकवाल यादव,सहकोषाध्यक्षमा आ.चाँदमाला श्रेष्ठ उम्मेदवार बन्नुभएको छ ।

सदस्यहरुमा ई.प्रताप सापकोटा,ई.छविलाल अधिकारी,ई.शिव चापागाई,ई.दीलिपकुमार विश्वकर्मा,ई.टेकबहादुर कटुवाल,ई.दीपेन्द्र जम्कट्टेल,ई.ज्ञानेन्द्रप्रसाद कलौनी,ई.गजेन्द्रकुमार झा,ई.चक्र चूडामणि भट्ट,ई.रोशन भट्टराई,ई.सुगन्ध सुवेदी र ई.अनिल नेपाल उम्मेदवार बन्नुभएको छ ।

दुवै समूहले व्यवसायिक हकहितका बारेमा घोषणा पत्र पनि जारी गरेका छन् ।

लोकतान्त्रिक समूहले जारी गरेको घोषणापत्रमा गुणस्तरीय इन्जिनियरिड. शिक्षा, ईन्जिनियरहरुको सेवा,सुविधा तथा क्षमताको अभिबृद्धि,इन्जिनियरहरुको सम्मानजनक रोजगारी,इन्जिनियरिड. सम्बद्ध निजी क्षेत्रको विकास र इन्जिनियरको हकहितसहित विविध विषयहरु उठाइएका छन् ।

दुवै समूहले प्रदेशस्तरमा पनि प्यानलमै उम्मेदवारहरु उठाएका छन् । प्रादेशिक कार्यकारिणी समितिले प्रदेशस्तरको इन्जिनियरिड. शिक्षा, पेशागत संगठन र पेशागत हकहितका विषयलाई मुद्दा बनाएका छन् ।

नेपाल ईन्जिनियर्स एशोसिएसनको संघीय संरचना अनुरुप संशोधित विधान अन्तरगत रहेर भैरहेको चुनावलाई स्वच्छ,निश्पक्ष र दवाव र प्रभावबाट मुक्त राख्न निर्वाचन समितिले मतदानस्थलमा मोवाईल लैजान र फोटो खिच्न निषेध गरेको छ । एशोसिएसनबाट वितरण गरिएको परिचयपत्र नक्कली बनाउन सक्ने जोखिमलाई ध्यानमा राखेर त्यसका अतिरिक्त आफ्नो परिचय खुल्ने नेपाल सरकारले दिएका परिचयपत्रहरु जस्तै नागरिकताको प्रमाणपत्र, लाईसेन्स, कर्मचारी परिचय पत्र पनि साथमा ल्याउन निर्वाचन समितिले अनुरोध गरेको छ ।

नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औं कार्यकारिणी समिति तथा प्रादेशिक कार्यकारिणी समितिको लागि आज हुने मतदान कार्यक्रमको समय बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको छ ।

Share Now

Leave a comment.