Prakash Adhikari December 15, 2018

 

घ्याङफेदी(नुवाकोट)२९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।

बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार थप २ जनाको पनि मृत्यु भएको छ । एक जनाको अस्पताल लैजाँदै गर्दा र अर्काको उपचारका क्रममा मृत्यु भएको हो ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा३ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा तीन महिला र १७ पुरुषको ज्यान गए पनि हालसम्म ५ जनाको मात्रै सनाखत भएको छ । मृतकमध्ये रिभल तामाङ, आइते तामाङ, रितेश पण्डित, केनम तामाङ र शुकराम तामाङको मात्रै पहिचान खुलेको छ ।

सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागीलाई बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भई सडकबाट झण्डै ५०० मिटर तल तादी खोलामा खसेको थियो । रासस

Share Now

Leave a comment.