Prakash Adhikari December 19, 2018

 

काठमाडौं, ४ पुस । पटक पटकको बैठक छलफल पछि नेपाली कांग्रेसले संशोधित विधानमा रहेको पदाधिकारीसम्बन्धी प्रावधान सहमतिमा टुंग्याएका छ ।आज विहान केन्द्रीय कार्यसमितिको बैठक बसेर विधानलाई पारित गरि महासमिमितिको बैठकमा पेश गरिनेछ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष समर्थक सस्थापन र उहाँको विरुद्ध एकजुट देखिएको गैर सस्थापन पक्ष पदाधिकारी सख्या र निर्वाचन प्रक्रियामा सहमतिमा पुग्न नसक्दा संशोधित विधान महासमितिको बैठकमा प्रस्तुत हुनै पाएको थिएन ।

संशोधित विधान अनुसार नेपाली कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक जना कोषाध्यक्ष रहनेछन् । कोषाध्यक्ष बाहेक सबै पदाधिकारी अब महाधिवेशनबाटै निर्वाचित हुने छन । कोषाध्यक्ष र पार्टी प्रवक्ता मनोनयन गर्ने अधिकार पार्टी सभापतिलाई दिइनेछ ।

शुरूमा सस्थापन पक्ष पदाधिकारी नथप्ने र गैर सस्थापन पक्ष पदाधिकारी थप्नु पर्ने अडानमा थिए । पदाधिकारी थप्ने कुरामा सहमति भए पछि पदाधिकारीको संख्या र निर्वाचन प्रक्रियामा किचलो भएको थियो ।

अहिलेको सहमति अनुसार पदाधिकारी संख्या सभापति देउवाको प्रस्ताव अनुसार र निर्वाचन प्रक्रिया नेता रामचन्द्र पौडेलको प्रस्ताव अनुसार टुङ्गाइएको छ । कांग्रेसमा अहिले सभापति सहित महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुने र उपसभापति, १ महामन्त्री र सह(महामन्त्री सभापतिबाट मनोनयन गर्ने व्यवस्था छ ।

यस्तै हाल ८५ को संख्यामा रहेको केन्द्रिय कार्यसमितिलाई १ सय ६१ सदस्यीय बनाउने सहमति पनि नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठकले गरेको छ ।

Share Now

Leave a comment.